पाकिस्तानमा बम विष्फोट हुँदा ३० जना मारिए « Khabarhub

पाकिस्तानमा बम विष्फोट हुँदा ३० जना मारिए


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तरपश्चिम पाकिस्तानको पेशावर शहरमा गराइएको बम आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । पेशावर शहरस्थित शिया मुसलमानहरुको मस्जिदलाई लक्षित गरी आक्रमण गराइएको हो ।

कुचा रिसाल्दार मस्जिदमा शुक्रबारको नमाज पढ्न भेला भएकाहरुलाई लक्षित गरी भएको बम आक्रमणमा अरु दर्जनौं घाइते भएको अल जजीराले जनाएको छ ।

मस्जिदमा बम विष्फोट हुनुअघि दुई बन्दुकधारीले मस्जिदबाहिर पहरा दिइरहेका सुरक्षाकर्मीमाथि अन्दाधुन्ध गोली चलाएको स्थानीय अधिकारीले जनाएका छन । दोहोरो गोली हानाहानमा एक बन्दुकधारी र एक प्रहरीको मृत्यु भएको जनाइएको छ ।

आक्रमणको समय मस्जिदमा १५० जनाजति श्रद्धालू उपस्थित रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणको हालसम्म कुनै समूहले पनि जिम्मा लिइसकेको छैन । यद्यपि पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तान र इस्लामिक स्टेट लगायतका आतंकवादी समूहहरुले पाकिस्तानमा यस्ता साम्प्रदायिक आक्रमण गराउँदै आएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ४ : ४१ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व