अफगानिस्तानमा लगानी बढाउन तालिबान सरकारको आह्वान « Khabarhub

अफगानिस्तानमा लगानी बढाउन तालिबान सरकारको आह्वान


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तालिबानको नेतृत्वमा रहेको अफगान कार्यवाहक सरकारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्किन आह्वान गरेको छ । सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेका हुन् ।

उनले काबुलमा आयोजित अफगानिस्तान राष्ट्रिय निजी क्षेत्र सम्मेलनमा यस्तो आह्वान गरेको तालिबान सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ ।

‘लगानीकर्ता र उनीहरूको सम्पत्तिको सुरक्षाको प्रत्याभूति गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ । ‘अन्तर्राष्ट्रिय नाकाबन्दीहरू दिनप्रतिदिन खुकुलो हुँदै गइरहेको छ र उद्योग, व्यापार र लगानीमा थप सुविधा दिने प्रयास भइरहेको छ, आर्थिक अवस्था सुधार्ने प्रयास भइरहेको छ ।’

विश्व बैंकको सञ्चालक समितिले गत मंगलबार अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषको १ अर्ब अमेरिकी डलर स्थिर नराख्ने निर्णय गरेको थियो । गत अगस्ट १५, २०२१ मा तालिबानले कब्जा गरेपछि सो रकम फ्रिज गरिएको थियो ।

अफगानिस्तानको केन्द्रीय  दा अफगानिस्तान बैंक (डिएबी) ले विश्व बैंकको यो कदमलाई सद्भावनाको रुपमा स्वागत गर्दै विश्व वित्तीय संस्थासँग थप सहकार्यका लागि आह्वान गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : ३० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क