नेपालमा पहिलो पटक शल्यक्रिया बिना फेरियो मुटुको भल्भ « Khabarhub

नेपालमा पहिलो पटक शल्यक्रिया बिना फेरियो मुटुको भल्भ


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रिया बिना नै मुटुको भल्भ फेरिएको छ। शल्यक्रिया बिना नै मुटुको भल्भ फेरिएको देशमै पहिलो पटक भएको अस्पतालले जानकारी दिएको छ ।

शुक्रबार केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक डा चन्द्रमणि अधिकारीले ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट ८० वर्षीया बृद्ध महिलाको सफलता पूर्वक मुटुको भल्भ फेरिदिएको बताए ।उनले गत १६ फागुनमा ती महिलाको टीएभीआई विधिबाट भल्भ फेरिदिएको सुनाए । भल्भ फेरिएकी वृद्ध महिला आजै अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

‘हाम्रो टोलीले नेपालमै पहिलो पटक टीएभीआई विधि (जो शल्यक्रिया बिना नै भल्भ फेर्ने विधि भनेर परिचित पनि छ) बाट एक जना ८० बर्षीया महिलाको मुटुको भल्भ प्रत्यारोपण गरिदियौँ ।आज उहाँ निको भएर अस्पतालबाट डिस्चार्ज समेत भईसक्नु भएको छ,’ उनले भने ।

शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको उनले बताए ।

सन् २००२ मा यो पद्धति मात्रै पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो।अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो पद्धतिबाट पहिलो पटक उपचार भएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ७ : २१ बजे

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवानामा

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४