उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै « Khabarhub

उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।

घरेलु टोली नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले पिएनजीलाई १५ रनले हराएको थियो भने दोस्रो खेलमा ३७ रनले जितेको थियो। यस्तै नेपालले मलेसियाविरुद्धको पहिलो खेलमा ६ विकेट र पहिलो खेलमा ८५ रनको जित निकालेको थियो।

पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।

यसअघि पिएनजीसँगै भएको दुई खेलको एक दिवसिय सिरिजमा नेपाल दुवै खेलमा पराजित भएको थियो। नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : २७ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त