'संघर्षका दिन फर्कियोस् भन्ने चाहन्छु' | Khabarhub Khabarhub

‘संघर्षका दिन फर्कियोस् भन्ने चाहन्छु’


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– आर्यन सिग्देलले आफ्नो छवि ‘चकलेटी हिरो’ को रुपमा स्थापित गरे ।

 एक्सनमय फिल्मको समयमा आर्यनले दर्शकको मन लभ स्टोरी मार्फत जिते । ‘किस्मत’ मार्फत उदाएका आर्यनले ‘मेरो एउटा साथी छ’ पश्चात फर्किएर हेर्नु परेन । नेपाली फिल्ममा चकलेटी हिरोको लिस्टमा आर्यन नम्बर वान बने । यद्यपि यो उनले सहजै पाएका होइनन् । यसका लागि आर्यनले गरेको संघर्षको कथा बेग्लै छ । 

स्टेज शो, सिरियल, म्युजिक भिडियो पश्चात आर्यनले फिल्ममा आफ्नो स्टारडम बनाउने मौका पाएका थिए । यिनै आर्यनले एक म्युजिक भिडियो सार्वजनिक गर्ने कार्यक्रममा आफूले संघर्षका दिन फर्कियोस् भन्ने चाहेको बताए ।’मलाइ बाल्यकाल भन्दा पनि संघर्षका दिन फर्कियोस् भन्ने लाग्छ । त्यो समयमा उर्जा थियो र सुन्दरता पनि’ आर्यनले भने । निखिल उप्रेती, विराज भट्टको एक्सन ट्रेन्डलाई प्रेम कथानक फिल्महरू बदल्न सफल आर्यनले आफूले फिल्मको संख्या भन्दा पनि क्वालिटीमा ध्यान दिने बताए । 

‘निखिल दाइ, विराज दाइको समयमा मैले वर्षमा बढीमा दुई या तीन फिल्म गरेको छु । जबकी उहाँहरूको फिल्मको ६ भन्दा बढी हुन्थ्यो । मैले त्यो समयमा पनि आफूलाई फुर्सदिलो बनाएको छ’ आर्यनले भने । आफूले फुर्सदको समयलाई सदुपयोग गर्ने आर्यनले बताए । ‘म खुशी छु । त्यसैले मैले कलाकारितामा लामो यात्रा तय गर्न सकेको छु’ उनले भने । आर्यन पछिल्लो समय म्युजिक भिडियोमा पनि उत्तिकै देखिन थालेका छन् । 

२०७६ सालमा आर्यनका दुई फिल्म  ‘हजार जुनीसम्म’ र ‘चचहुइ’ पश्चात पर्दामा नदेखिएका आर्यनले  ‘डिसेम्बर फल्स’ को छायांकन समेत गरिसकेका छन् । यस्तै उनले काम गर्ने भनिएको प्रोजेक्ट ‘मिरर’ पनि हो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १२ : २४ बजे

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा

भारतका विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौं – भारतका विदेश सचिव विक्रम मिस्री आइतबा नेपाल भ्रमणमा