उपत्यकामा एकैदिन साढे १३ सयभन्दा बढी चालकमाथि कारवाही | Khabarhub Khabarhub

उपत्यकामा एकैदिन साढे १३ सयभन्दा बढी चालकमाथि कारवाही


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ३७२ जना सवारी चालकलाई कारवाही गरेको छ ।

काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कारवाहीमा पर्नेमा तीव्र गतिमा सवारी साधन चलाउने ११६ जना, मदिरा पिएर सवारी साधन चलाउने १२५ जना, फुटपाथमा पार्किङ गर्ने ९६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७१ जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६३ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४३ जना, क्षमता भन्दा बढी यात्रु राख्ने २७ जना र अवस्था ठिक नभएको सवारी साधन चलाउने ३० जना चालक पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : ३४ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी