निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग « Khabarhub

निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारामा निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग गरिएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचन आचारसंहिताविपरीत १८ वर्षभन्दा मुनिका बालबालिका राजनीतिक कार्यक्रममा प्रयोग भएका देखिएको छ । निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिसकेको छ । स्थानीय तहको निर्वाचन भयरहित तथा निष्पक्ष रुपमा सम्पन्न गर्न गत २५ चैत्रदेखि निर्वाचन आचारसंहिता पनि लागू गरिएको छ । तर, बारामा निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा पनि सम्बन्धित पक्ष मुकदर्शक बनेको पाइन्छ । 

Avatar

 

आचारसंहितामा निर्वाचन प्रचार कार्यमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्ने नमिल्ने, भोज भतेर गर्ने नपाइने, कुनै पनि पार्टीको चिह्न अंकित कपडा लगाउन नपाइने जस्ता विषय समावेश छन । तर, बारामा उम्मेदवारी दर्ता गरिएको दिनदेखि नै उम्मेदवारहरूले भोजभतेर र बालबालिकाको प्रयोग गरिरहेको देखिएको छ । 

Avatar

कांग्रेस, एमाले, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपालसहित सबै पार्टीको चुनाव चिह्न अंकित पोशाक लगाएर हिँडेका कार्यकर्ताहरू पनि बजारमा छ्यापछ्याप्ती भेटिएका छन् ।

उम्मेदवारहरूले आचारसंहिताविपरीत आफ्नो चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरेको पाइएको छ । उम्मेदवारहरूले बालबालिकालाई पर्चा वितरणदेखि भित्तामा पोस्टर टाँस्नसमेत प्रयोग गरेको देखिन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको