ट्रक र रिक्सा ठोक्किँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

ट्रक र रिक्सा ठोक्किँदा एक जनाको मृत्यु


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियाको ठाकुरबाबा नगरपालिका–१ मा आज ट्रक र रिक्सा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रिक्सामा सवार ठाकुरबाबा नगरपालिका–२ बस्ने ४९ वर्षीया पिउली धिताल रहेकी छन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी धितालको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।रा १ क १८३ नम्बरको ट्रक र भे १ स ९५६२ नम्बरको रिक्सा आज दिउँसो १ बजे ठोक्किएका थिए । 

दुबै सवारी साधन सहित दुबै चालकलाई इलाका प्रहरी कार्यालय बग्नाहाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : २७ बजे

सुक्खा पहिराेले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन– सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा