भ्रातृ सङ्घ र संस्थाका अधिवेशन निर्वाचनपछि आयोजना गर्न आग्रह « Khabarhub

भ्रातृ सङ्घ र संस्थाका अधिवेशन निर्वाचनपछि आयोजना गर्न आग्रह


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पार्टी आबद्ध भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूलाई आफ्ना पूर्व निर्धारित अधिवेशन-महाधिवेशन  हाललाई स्थगन गर्न अनुरोध गरेको छ । 

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन पार्टीका सम्पूर्ण साङ्गठनिक संरचना, भ्रातृ सङ्घ, शुभेच्छुक संस्थालगायत विदेशस्थित जनसम्पर्क समिति क्रियाशील रहेकाले निर्वाचनको अन्तिम परिणाम प्राप्त हुनेबित्तिकै अधिवेशन-महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरी तदनुरूप गर्न सम्बद्ध सबैमा नेपाली कांग्रेसले  आग्रह गरेको हो । 

साथै पार्टीले निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रियतापूर्वक लाग्न अनुरोध गरेको छ । 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : २६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को