जिम्बाब्वे ए टोलीसँगको सिरिजमा नेपालको पहिलो जित « Khabarhub

जिम्बाब्वे ए टोलीसँगको सिरिजमा नेपालको पहिलो जित


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिम्बाब्वे ए टोलीसँगको बाईल्याटरल क्रिकेट सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले जीम्बाब्वे ए टोलीलाई ८ विकेटले पराजित गरेको हो ।

१ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो ।

नेपालको जितमा आसिफ शेखले ८७ र कुशल भुर्तेलले ३४ रन जोडे । ५४ बलमा १३ चौका र १ छक्का प्रहार गरी ८७ रनको योगदान गरे ।

कुशल भुर्तेलले भने २६ बलमा २ चौका र २ छक्का प्रहार गर्दैँ ३४ रन जोड्न सफल भए । टस जितेर पहिले नेपालले फिल्डिङ रोजेसँगै जिम्बाब्वले ब्याटिङको निम्तो पायो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनायो । जिम्बाब्वेलाई उच्च योगफल बनाउनबाट रोक्न नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामीले र बसिर अहमदले १–१ विकेट लिए ।

यस्तै, दुई देशबीच हुने ३ खेलको एक दिवसीय सिरिजमध्ये पहिलो वैशाख २३ गते हुनेछ । दोस्रो एक दिवसीय खेल वैशाख २४ गते र तेस्रो वैशाख २६ गते हुनेछ । सिरिजअन्तर्गतको आइतबार पहिलो टी–ट्वान्टी खेलमा नेपाल जीम्बाब्वे ए टोलीसँग ६ विकेटले पराजित भएको थियो । सोमबार भएको खेल भने निरन्तर वर्षाका कारण रद्द भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।

तयारी सिरिजमा नेपाली र जिम्बावेबीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : २५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु