यति खतरनाक छ हैटीको ‘४०० मवोजो’ ग्याङ्ग, नाइके भने अमेरिका सुपुर्दगी « Khabarhub

यति खतरनाक छ हैटीको ‘४०० मवोजो’ ग्याङ्ग, नाइके भने अमेरिका सुपुर्दगी


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यारेबियन सागरमा अवस्थित मुलुक हैटीले ‘४०० मवोजो’ नामक कुख्यात आपराधिक ग्याङ्गका नाइकेलाई अमेरिका सुपुर्दगी गरेको छ ।

अमेरिकी नागरिकहरूको अपहरण गरेको र हतियार तस्करी गरेको आरोपमा ग्याङ्गका नाइके योनयोन भनिने गेरमाइन जोलीलाई अमेरिका सुपुर्दगी गरिएको हो ।

उनलाई मङ्गलबार अमेरिकाको संघीय जाँचबुझ ब्युरो एफबीआईको विमानबाट अमेरिका लगिएको बीबीसीले जनाएको छ । अमेरिका सुपुर्दगी गर्नुअघि पनि उनले धेरै वर्ष हैटीको जेलमा बिताएको बताइएको छ ।

गत वर्ष यही ग्याङ्गले १७ जना इसाई मिसिनरीलाई हैटीमा दुई महिनासम्म बन्धक बनाएको थियो । यसबाहेक ‘४०० मवोजो’ ले गत साता पूर्वी छिमेकी डोमिनिकन गणतन्त्रका एकजना कूटनीतिज्ञलाई अपहरण गरेको जनाइएको छ ।

स्वदेश फर्किने क्रममा हैटीको राजधानी पोर्ट औ प्रिन्सस्थित डोमिनिकन गणतन्त्रको दूतावासमा काम गर्ने कूटनीतिज्ञ कार्लोस गुलिएनलाई ‘४०० मवोजो’ ग्याङ्गले अपहरण गरेको थियो ।

गत वर्षको जुलाई महिनामा तत्कालीन राष्ट्रपति जोभेनल मोइजको हत्या भएयता यो ग्याङ्ग हैटीमा शक्तिशाली बनेको बीबीसीले उल्लेख गरेको छ ।

गत महिनामात्र हजारौं मानिसहरूले आपराधिक ग्याङ्गको हिंसा रोक्न माग गर्दै प्रदर्शन गरेका थिए । ‘४०० मवोजो’ ग्याङ्गले मुलुकको रणनीतिक इलाकाहरूमा पनि कब्जा जमाएको बीबीसीले जनाएको छ ।

राजधानी पोर्ट औ प्रिन्सलाई छिमेकी डोमिनिकन गणतन्त्रसँग जोड्ने एकमात्र सडकमार्ग पनि यही ग्याङ्गको नियन्त्रणमा रहेको बताइएको छ ।

यस ग्याङ्गले विदेशीलाई अपहरण गरेपछि ठूलो परिमाणमा फिरौती रकम माग्ने गरेको बताइएको छ । १७ इसाई मिसिनरीलाई अपहरण गरेपछि पनि यस ग्याङ्गले १० लाख अमेरिकी डलर फिरौती रकम माग गरेको थियो ।

बन्धक बनाइएका ती मिसिनरीहरु मुक्त भएपनि कति फिरौती तिरेर उनीहरुलाई रिहा गरिएको भन्ने अझै स्पष्ट छैन ।

पछिल्ला केही सातामा हैटीका सुरक्षा फौजले यस ग्याङ्गविरुद्ध ठूलो अभियान चलाएका थिए । यस सुरक्षा अभियानमा यो ग्याङ्गका धेरै सदस्यहरु मारिएको र गिरफ्तार भएको बताइएको छ ।

केही दिनअघि यस ग्याङ्ग र प्रतिद्वन्द्वी ‘चे मेचान’ ग्याङ्गका सदस्यबीच राजधानीको सिटे सोलेइल क्षेत्रमा भीषण भिडन्त भएको थियो ।

भिडन्तमा कम्तीमा पनि २० सर्वसाधारण मारिएको हैटीका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : ३७ बजे

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमतामा विस्तार

बागलुङ– धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र