सप्तरीमा आचारसंहिताविपरीत झुण्ड्याइएका तुल ब्यानर हटाइने « Khabarhub

सप्तरीमा आचारसंहिताविपरीत झुण्ड्याइएका तुल ब्यानर हटाइने


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– उम्मेदवारहरूले निजी घर जग्गामा र सार्वजनिक भवन, पार्क तथा बाटोका पोलहरूमा दलको झण्डा, निर्वाचन चिह्नअंकित तुल, बोर्डहरू तथा झुण्डयाएको ब्यानरहरू हटाइने भएको छ।

सप्तरीका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ठहर गरेपछि हटाइने भएको हो।

मुख्य निर्वाचन अधिकृतसहित सबै पालिकाका निर्वाचन अधिकृतको बुधबार बसेको बैठकले आचारसंहिताविपरीत झुण्डयाइएका तुल, ब्यानरलाई हटाउन उम्मेदवारसँग आग्रह गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।

उम्‍मेदवारले उक्त प्रचार सामग्री नहटाए अनुगमन अधिकृतको रोहवरमा नेपाल तथा सशस्त्र प्रहरीले ती सामग्री हटाउने बैठकले निर्णय गरेको छ ।

बैठकले अब सबै उम्मेदवार तथा नागरिक समाज, संघसंस्थाहरूलाई आचारसंहिताको उल्लंघन नगर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, नेपाल तथा सशस्त्र प्रहरीका अधिकारी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीसहितको सहभागिता थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : ५७ बजे

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा