सोनुले नेपाली बालिका मुस्कानको पढाइ खर्च व्यहोर्ने « Khabarhub

सोनुले नेपाली बालिका मुस्कानको पढाइ खर्च व्यहोर्ने


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अभिनेता सोनु सुद कोरोना भाइरसको महामारी पश्चात सामाजिक कार्यमा सक्रिय छन् ।

 उनले लकडाउनमा फसेका यात्रुलाई गन्तव्यसम्म पुर्याउने काम गरेर चर्चामा आए । फिल्मको पर्दा भिलेन देखिने सोनुले असली जीवनमा भने सहयोगी भाव स्थापित गरे । उनको यस्तो कल्याणकारी कार्य भारतमा मात्र सीमित छैन, उनले नेपालमा समेत सहयोगी हात बढाएका छन् ।

सोनुले नेपाली किशोरी मुस्कान कर्णको पढाइ खर्चको जिम्मा लिएका छन् । वीरगञ्जकी बालिका कर्णको पढाइ खर्च व्यहोर्ने जानकारी उनले ट्वीटरमार्फत दिएका छन् । ‘नेपालमा सबैलाई भनिदिनू, अब पूरा जिन्दगीको लागि तपाईंको पढाइको व्यवस्था भएको छ,’ उनले ट्वीटरमा लेखेका छन् ।

सोनुको सञ्चालन गरिरहेको फाउण्डेसनले ती नेपाली बालिकाको पढाइ खर्च व्यहोर्ने भएको छ । ट्वीटरमा विद्यापति शंकर नामक एक प्रयोगकर्ताले बालिका मुस्कानलाई सहयोग गर्न सोनुलाई आग्रह गरेका थिए । 

उनको जवाफमा सुदले सहयोगको वचन दिएका हुन् । सन् २०२१ मार्चमा उनले मेरुदण्डको पक्षघातबाट पीडित नेपाली किशोर मधु पौडेलको शल्यक्रिया खर्च व्योहोरेका थिए । 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ६ : ०३ बजे

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमतामा विस्तार

बागलुङ– धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र