दुई हत्याकाण्डका तीन अभियुक्त सार्वजनिक | Khabarhub Khabarhub

दुई हत्याकाण्डका तीन अभियुक्त सार्वजनिक


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाममा यही महिना भएका दुई फरक-फरक हत्याका तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । 

वैशाख १४ गते इलाम नगरपालिका–८ सिङफ्रिङको बेलटारमा स्थानीय ३१ वर्षकी विनीता काफ्लेको हत्यामा संलग्न देवेन्द्र रिमालाई प्रहरीले सार्वजनिक गरेको हो । 

हत्यापछि बिनिताको शव टुक्राटुक्रा पारेर गाडिएको अवस्थामा फेला परेको थियो । रिमालले उनलाई विनीताकै घरमा १४ गते राति १२ बजेतिर सिरानीले मुख थुनेर गला दबाएर हत्या गरेको प्रहरीले बताएको छ । 

‘हत्यापछि अभियुक्तले बिनिताको शव बारीमा लगेर एउटा हात र शिर छेदन गरेर बन तरुल खनेको खाल्डोमा पुगेका रहेछन्’, जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले भने, ‘घटना लुकाउन उनले शव पुरेको खाल्डोमाथि अम्लिसोको सिटा र पत्कर भेला पारेर जलाएको देखिन्छ । आलो माटो नदेखियोस् भनेर उनले शव गाडेको खाडलमाथि अम्लिसो सिटा र पत्कर डढाए पनि केही केही ठाउँको आलो माटो यसै देखिएको रहेछ । त्यही आलो माटो देखिएपछि र गन्धा आएपछि स्थानीयले हामीले खबर गरेका हुन् ।’

रिमाले बाख्रा मरेर गाडेको भने पनि खाल्डो उत्खनन गर्दा बिनिताको शव फेला परेको थियो । खाडलमा महिलाको शव भेटिएपछि रिमाल फरार भएका थिए । उनलाई २० गते महभीर सामुदायिक जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यान शीर्षकमा जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

यस्तै वैशाख १४ गते इलामको देउमाई नगरपालिका–७ का ४५ वर्षका सन्तोष बाला राईको हत्या भएको थियो । राईको हत्यामा देउमाई नगरपालिका–७ २३ वर्षका भूपेन्द्र राई र उनका सहोदर भाइ २० वर्षको भूपेन्द्र राईको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

मादक पदार्थ सेवनका कारण भएको सामान्य विवादमा राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए ।

दुई दाजुभाइले मादक पदार्थ सेवन गरेका थिए । ‘मृतकलाई हामी पुर्‍याइदिन्छौं भन्दै डोर्‍याउँदै लैजाँदै गर्दा उनीहरूबीच सामान्य विवाद भएछ । त्यसपछि दाजुभाइले उनलाई बाटोमुनि अम्लिसोवारिमा लगेर लात मुक्का र ढुङ्गा प्रहार गरेर हत्या गरेका रहेछन्,’ उनले भने ।

हत्याको भोलिपल्ट अम्लिसोवारिमा शव भेटिएको सूचना प्रहरीलाई प्राप्त भएको हो । ‘मृतक व्यक्ति गएकै तिर दुई दाजुभाइ पनि होहल्ला गर्दै गएको सूचना पायौँ तर ती घटना भएको ठाउँमा थिएनन् । 

उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो,’ उनले भने ।अभियुक्त दाजुभाइलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ६ : २६ बजे

संवैधानिक परिषद्लाई बहुमतले निर्णय गर्न दिनुपर्छ : कृष्ण सिटौला

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद् बहुमतले निर्णय

बागलुङमा सडक बनाउन आर्थिक सहयोग अभियान

गण्डकी– सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३

म्याग्दी निस्कोटका १२५ घरपरिवारमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा ‘एक घर, एक धारा’सहितको

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

कर्णाली– घरमा राखिएको खाटको खुट्टा प्रहार गरी श्रीमतीको हत्या गरेको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको