लागूऔषधसहित दुई जना पक्राउ  « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ 


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङ जिल्लाको सुनवर्षी नगरपालिका ८ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले नाइट्रोभेट ट्याब्लेट १० पत्ता र २४ बोतल स्कुफडिएक्ससहित दुई जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ वर्षीय राजकुमार पन्जियार र भारतमा घर बताउने २५ वर्षीय विकास मण्डल छन् । 
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ । 

त्यसैगरी सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित  महत टोलबाट बैशाख २१ गते करिव १३ लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरिएको छ ।

को २ च २७८० नम्बरको टाटायोद्धा गाडीमा राखी अवैध रूपले ल्याउँदै गरेको उक्त लत्ताकपडाको बिलबिज फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीबाट खटिएको सशस्त्र प्रहरी तथा भन्सार कार्यालय सुनसरीको कर्मचारीले बरामद गरेको हो । त्यसबेला उक्त गाडी समेत बरामद गरिएको छ । 

बरामद लत्ताकपडा तथा गाडी भन्सार कार्यालय सुनसरीमा बुझाइएको छ । सो गाडीको भन्सार दाखिला मूल्य १५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ६ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको