लागूऔषधसहित दुई जना पक्राउ  « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ 


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङ जिल्लाको सुनवर्षी नगरपालिका ८ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले नाइट्रोभेट ट्याब्लेट १० पत्ता र २४ बोतल स्कुफडिएक्ससहित दुई जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ वर्षीय राजकुमार पन्जियार र भारतमा घर बताउने २५ वर्षीय विकास मण्डल छन् । 
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ । 

त्यसैगरी सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित  महत टोलबाट बैशाख २१ गते करिव १३ लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरिएको छ ।

को २ च २७८० नम्बरको टाटायोद्धा गाडीमा राखी अवैध रूपले ल्याउँदै गरेको उक्त लत्ताकपडाको बिलबिज फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीबाट खटिएको सशस्त्र प्रहरी तथा भन्सार कार्यालय सुनसरीको कर्मचारीले बरामद गरेको हो । त्यसबेला उक्त गाडी समेत बरामद गरिएको छ । 

बरामद लत्ताकपडा तथा गाडी भन्सार कार्यालय सुनसरीमा बुझाइएको छ । सो गाडीको भन्सार दाखिला मूल्य १५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ६ : ३७ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार