रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु « Khabarhub

रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु भएको छ । 

ललितपुरको पुल्चोकमा रहेको रथलाई बुधबार तानिएको हो । मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सरू भएर आषाढ शुक्ल चतुर्थी सम्म चल्छ । 

No description available.

 

पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ । हिन्दु धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयी रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्। मछिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । योसँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा  समापन हुन्छ । 

No description available.

लगातार दुई वर्ष कोरोना महामारीका कारण औपचारिकतामा सीमित बनेको जात्रा यसपटक पूर्ण विधिकासाथ मनाइन लागेको हो । 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ७ : ५६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार