लुम्बिनीको स्वतन्त्र उपमेयरमा उम्मेदवारी दिएका अर्जुन कति बलिया ? « Khabarhub

लुम्बिनीको स्वतन्त्र उपमेयरमा उम्मेदवारी दिएका अर्जुन कति बलिया ?


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन कुर्मीले चर्चा बटुली रहेका छन् । 

सामाजिक क्षेत्रमा सक्रिय कुर्मीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएसँगै चर्चा चुलिएको हो । कुर्मीले नगरवासीको आग्रह र जनभावना अनुरूप आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

दलगत राजनीतिभन्दा पनि समाज परिवर्तनका लागि आफ्नो उम्मेदवारी भएको उनको दाबी छ । ‘हामी उपमेयरमा २२ जना प्रतिस्पर्धी छौं । सबै उम्मेदवार उत्तिकै क्षमतावान् छन् । तर, म दलभन्दा पर रहेर उम्मेदवार बनेको छु । किनकि मलाई सबै जनताको साझा बनेर काम गर्नू छ’ उनले भने ।

लुम्बिनी सांस्कृतिक नगरको आफ्नो छुट्टै पहिचान रहेको बताउँदै उनले त्यसलाई अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले आफूलाई युवाको साथ रहेको बताएका छन् ।

ज्येष्ठ नागरिकको लागि घरमै स्वास्थ्यकर्मी पठाउने, युवाहरूलाई रोजगारी, एक घर एक उद्यमी, युवा स्वास्थ्य र खेल प्रवर्द्धनका लागि खेल मैदान, कृषकको लागि किसान कार्डमार्फत बिउबिजन, सिँचाइको लागि नहर, फ्री वाईफाई जोन, खुला व्यायाम स्थल, रिक्सा र ट्याक्सीका लागि लुम्बिनीमा इन्ट्री फ्री, किशोरीको पढाइको लागि प्राविधिक विद्यालय, स्वास्थ्यकर्मी र स्वयंसेविकालाई सेवा सुविधा बढाउने, होम स्टे सञ्चालन, लुम्बिनीलाई ग्रिनक्लीन सिटी बनाउने, लुम्बिनीमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, घातक रोगको लागि निःशुल्क स्वास्थ्य सेवा दिने, कालिदा भन्सारलाई ठूलो भन्सार बनाउनेलगायतका योजना उनले अघि सारेका छन् ।

नगरपालिकामा लगानीमैत्री वातावरणको सिर्जना गर्न आफूसँग थुप्रै योजना रहेको कुर्मीले बताए । राजनीतिक दलका नेताहरूसँग जनताको वितृष्णा रहेकाले आफूले जित्ने लगभग पक्का जस्तै रहेको उनले बताए ।

विश्वास गरेर मत दिए नगरवासीको आफू प्रतिको विश्वास मर्न नदिने उनले बताएका छन् । स्थानीय अमन जैसवालले कुर्मीको साथमा युवाहरू रहेको बताएका छन् ।

‘उहाँ लामो समयदेखि युवाहरूको क्षेत्रमा काम गरिरहनु भएको थियो । उहाँले पर्यावरण, वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नु भएको छ’ जैसवालले भने ।

गौतम बुद्ध जन्मिएको प्रसिद्ध स्थानमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका नेपालकै सबैभन्दा ठूलो मध्यको एक पर्यटकीय स्थल हो । कुर्मीले यहाँको पर्यटन प्रवर्द्धनमा फरक अभियान चलाउनुपर्ने बताउँछन् । जतिधेरै पर्यटक भित्र्याउन सक्यो त्यति नै नगरपालिका समृद्ध हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ८ : २७ बजे

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर