लुम्बिनीको स्वतन्त्र उपमेयरमा उम्मेदवारी दिएका अर्जुन कति बलिया ? « Khabarhub

लुम्बिनीको स्वतन्त्र उपमेयरमा उम्मेदवारी दिएका अर्जुन कति बलिया ?


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन कुर्मीले चर्चा बटुली रहेका छन् । 

सामाजिक क्षेत्रमा सक्रिय कुर्मीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएसँगै चर्चा चुलिएको हो । कुर्मीले नगरवासीको आग्रह र जनभावना अनुरूप आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

दलगत राजनीतिभन्दा पनि समाज परिवर्तनका लागि आफ्नो उम्मेदवारी भएको उनको दाबी छ । ‘हामी उपमेयरमा २२ जना प्रतिस्पर्धी छौं । सबै उम्मेदवार उत्तिकै क्षमतावान् छन् । तर, म दलभन्दा पर रहेर उम्मेदवार बनेको छु । किनकि मलाई सबै जनताको साझा बनेर काम गर्नू छ’ उनले भने ।

लुम्बिनी सांस्कृतिक नगरको आफ्नो छुट्टै पहिचान रहेको बताउँदै उनले त्यसलाई अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले आफूलाई युवाको साथ रहेको बताएका छन् ।

ज्येष्ठ नागरिकको लागि घरमै स्वास्थ्यकर्मी पठाउने, युवाहरूलाई रोजगारी, एक घर एक उद्यमी, युवा स्वास्थ्य र खेल प्रवर्द्धनका लागि खेल मैदान, कृषकको लागि किसान कार्डमार्फत बिउबिजन, सिँचाइको लागि नहर, फ्री वाईफाई जोन, खुला व्यायाम स्थल, रिक्सा र ट्याक्सीका लागि लुम्बिनीमा इन्ट्री फ्री, किशोरीको पढाइको लागि प्राविधिक विद्यालय, स्वास्थ्यकर्मी र स्वयंसेविकालाई सेवा सुविधा बढाउने, होम स्टे सञ्चालन, लुम्बिनीलाई ग्रिन र क्लीन सिटी बनाउने, लुम्बिनीमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, घातक रोगको लागि निःशुल्क स्वास्थ्य सेवा दिने, कालिदा भन्सारलाई ठूलो भन्सार बनाउनेलगायतका योजना उनले अघि सारेका छन् ।

नगरपालिकामा लगानीमैत्री वातावरणको सिर्जना गर्न आफूसँग थुप्रै योजना रहेको कुर्मीले बताए । राजनीतिक दलका नेताहरूसँग जनताको वितृष्णा रहेकाले आफूले जित्ने लगभग पक्का जस्तै रहेको उनले बताए ।

विश्वास गरेर मत दिए नगरवासीको आफू प्रतिको विश्वास मर्न नदिने उनले बताएका छन् । स्थानीय अमन जैसवालले कुर्मीको साथमा युवाहरू रहेको बताएका छन् ।

‘उहाँ लामो समयदेखि युवाहरूको क्षेत्रमा काम गरिरहनु भएको थियो । उहाँले पर्यावरण, वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नु भएको छ’ जैसवालले भने ।

गौतम बुद्ध जन्मिएको प्रसिद्ध स्थानमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका नेपालकै सबैभन्दा ठूलो मध्यको एक पर्यटकीय स्थल हो । कुर्मीले यहाँको पर्यटन प्रवर्द्धनमा फरक अभियान चलाउनुपर्ने बताउँछन् । जतिधेरै पर्यटक भित्र्याउन सक्यो त्यति नै नगरपालिका समृद्ध हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ८ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको