जाजरकोटको कुशेमा विभिन्न दलका कार्यकर्ताबीच झडप, प्रहरीबाट हवाई फायर  « Khabarhub

जाजरकोटको कुशेमा विभिन्न दलका कार्यकर्ताबीच झडप, प्रहरीबाट हवाई फायर 


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको कुशे गाउँपालिका-९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

माओवादी र समाजवादीका एक सयभन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा बढी कार्यक्रताहरूको बीचमा बुधबार दिउँसो झडप भएको प्रहरीले जनाएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा झडक भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

झडपलाई कम गर्न खोज्दा प्रहरीमाथि नै ढुंगा मुडा भएपछि प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो । झडपमा परी कांग्रेसका कुशे-९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएको प्रशासनले जनाएको छ । स्थिति सामान्य बनाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ९ : ०४ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा