मुगुको छायानाथका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

मुगुको छायानाथका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कम काम बढी रुपैयाँ भुक्तानी गरेको आरोपमा मुगुको छायानाथ रारा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रमुख प्रशासकीय अधिकृतसहित सवइन्जिनियर, उपभोक्ता समितिका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आर्थिक वर्ष २०७४/७५ को विनियोजित बजेटबाट अदालतचोकदेखि प्रशासन कार्यालयसम्मको बाटो निर्माण गर्दा बजेट दुरुपयोग गरेको आरोपमा उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारूसहित सहायक इन्जिनियर हस्तबहादुर मल्ल, इन्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल, कोषाध्यक्ष रत्नादेवी हमालविरुद्ध मुद्दा दायर गरेको छ ।

छायानाथ रारा नगरपालिका–२ मा पर्ने पैदल बाटोमा पक्की सिँढी निर्माण गर्ने गरी आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन भएको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान भएको थियो ।

छायानाथ रारा नगरपालिका–२ स्थित अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माणको कार्यमा सवइन्जिनियर तथा इन्जिनियरले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई तयार पारेको नापी किताबमा प्रमुख प्रशासकीय अधिकृत सारुले सही गरेको देखिएकाे छ । नापीको विवरणमा सहमति जनाई प्रतिवादीद्वय असिस्टेन्ट सवइञ्जिनियर मल्ल र इन्जिनियर महेश सिंह कठायतले फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्याङ्कन गरी झुट्टा नापजाँच विवरण चढाई गलत सिफारिस गरी २९ लाख ७७ हजार ८२१।११ सरकारी हानिनोक्सानी पुर्‍याएको आयोगको आरोप रहेको छ ।

त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालले गैरकानुनी लाभहानी पुर्‍याउने बदनियतले वास्तविक रूपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी माग गरेका कारणले बिगो भराउन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ९ : १६ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको