समाचार

जरायोको आखेटोपहार सहित २ जना पक्राउ

By खबरहब

June 04, 2022

जनकपुर– प्रहरीले जरायोको आखेटोपहार सहित २ जना पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका वडा नं.२४ स्थितमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री हुन लागेको भनी गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले महोत्तरीको महोत्तरी गाउँपालिका–३ वस्ने वर्ष २० को रितेश कुमार पाण्डे र जनकपुर उप महानगरपालिका–२४ बस्ने वर्ष २० को सोनु कुमार पाण्डेलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूले बोकेको सिमेन्टको बोरा भित्रबाट जरायोको सिंह रातो खैरो रंगको तिन सिंगे थान १ र कालो रंगको दुई सिंगे थान १ गरी २ थान काटिएको जरायोको सिंह फेला परेको जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई फेला परेको जरायोको सिंह तथा घटनामा प्रयोग भएको ज.९प.२७३ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।