रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, राष्ट्रपति भण्डारी सहभागी हुने « Khabarhub

रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, राष्ट्रपति भण्डारी सहभागी हुने


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै छ ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको छ । पुगेको चौँथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ।

जाउलाखेलमा आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइने छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा रहदै आएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रातो मच्छिन्द्रनाथको जात्रा काठमाडौं उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेको भन्दै पर्वलाई मर्यादित रुपमा मनाउन आग्रह गरेका छन् ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिनको अवसरमा सार्वजनिक विदा दिने गरेको छ । यसपटक भने शनिबार परेको छ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ८ : १२ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका