स्थानीयस्तरमै मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया « Khabarhub

स्थानीयस्तरमै मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – स्थानीयस्तरमै आँखाको उपचार सेवा निःशुल्क पाएपछि स्थानीयवासी खुसी भएका छन् ।

कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेशबहादुर न्यौपानेका अनुसार निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट तिलगङ्गा आँखा केन्द्र काठमाडौँ, सामुदायिक आँखा केन्द्र एवं रेडक्रस रसुवाले दक्षिणी रसुवाको कालिका स्थानमा मोतियाबिन्दुको शल्यक्रिया गरी ग्रामीण बासिन्दालाई सेवा दिएको हो।

निःशुल्क स्वास्थ्य शिविरमार्फत आँखामा मोतियाबिन्दु भएका ५८ स्थानीय बासिन्दालाई सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको रेडक्रसका सभापति बाबुलाल तामाङले बताए । साथै थप एक जनालाई आँखामा मासु पलाएको समस्यासमेत शल्यक्रियाबाट समस्या समाधान गरिएको थियो ।

शल्यक्रिया सम्पन्न गराउन कालिका गाउँपालिका–२ तथा कालिका युवा क्लबसमेतका संस्थाले सहयोग गरेका थिए । आँखाको शल्यक्रिया गर्न लाखौँ बोकेर काठमाडौँ जानुपर्ने समस्या हल गर्दै स्थानीयस्तरमा भएको निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापनमार्फत आँखाको शल्यक्रिया गर्ने सुविधा पाउँदा सेवाग्राही हर्षित भएको शल्यक्रिया गराएका स्थानीय कालिका गाउँपालिका–२ निवासी कुलप्रसाद घिमिरेले बताए । उनका अनुसार आँखाको उपचार राम्रो भएको छ । शल्यक्रियाको सुविधा रसुवाका पाँच गाउँपालिकाका बासिन्दाले पाएको जनाइएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ११ : ११ बजे

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका