साइकलमैत्री शहर बनाउन दबाब दिन पाटनदेखि दरबारमार्गसम्म साइकल र्‍याली (फोटो फिचर) « Khabarhub

साइकलमैत्री शहर बनाउन दबाब दिन पाटनदेखि दरबारमार्गसम्म साइकल र्‍याली (फोटो फिचर)


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व साइकल तथा वातावरण दिवसको अवसरमा साइकलमैत्री शहर बनाउन दबाब दिन पाटन दरबार ललितपुरदेखि दरबारमार्गसम्म विशाल साइकल र्‍याली गरिएको छ।

साइकलमैत्री शहर बनाउन दवाव दिन बिहान साढे ७ बजेदेखि पाटन दरबार क्षेत्रबाट सुरु भएको साइकल र्‍याली पुलचोक, थापाथली, त्रिपुरेश्वर, सुनधारा हुँदै दरबारमार्गमा पुगेर कोण सभामा परिणत भएको थियो।

साइकल कल्चर मुभमेन्टको आयोजना र खबरहब डटकमको सहकार्यमा सम्पन्न भएको साइकल र्‍याली कार्यक्रमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी, नागरिक अगुवा डा. विद्यानाथ कोइराला, साइकल खेलाडी उषा खनाल, विश्व साइकल यात्री पुष्कर शाह, खबरहबका अध्यक्ष नरेश श्रेष्ठ, कलाकार सरोज खनाल, अभियानका संयोजक डा.तारालाल श्रेष्ठलगायत साइकल अभियानकर्मी तथा विभिन्न व्यक्तिहरूले सम्बोधन गरे।

साइकल र्‍यालीमा साइकल प्रयोगकर्ता, सार्वजनिक सवारी साधन प्रयोगकर्ता तथा आम नागरिक समेत सहभागी थिए। नेपालमा अत्यधिक निजी सबारी साधनका कारण इन्धनको खपत बढेको र धुवाँधुलो तथा वायु प्रदूषण हुनुका साथै व्यापार घाटा बढ्दै गएकोमा सचेत गराउन र्‍यालीको आयोजना गरिएको हो। साइकल अभियानलाई प्राज्ञिकलगायत बौद्धिक क्षेत्रसँग जोडेर साइकल बहुआयामिक मुद्दालाई सांस्कृतिक सामाजिक आन्दोलनकै रुपमा अघि बढाउनुपर्नेमा सहभागीको जोड छ।

No description available.

No description available.No description available.No description available.

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ३ : ०५ बजे

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर