निजगढ विमानस्थल निर्माण रोकेर न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गर्यो : मन्त्री आले « Khabarhub

निजगढ विमानस्थल निर्माण रोकेर न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गर्यो : मन्त्री आले


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बारा विमानस्थल बनाउन सर्वोच्चले रोकेको विषयलाई कार्यपालिकामाथि न्यायपालिकाको हस्तक्षेप भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा नेपाल चलचित्र संघको ४७ औँ साधारण सभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री आलेले निजगढमा अन्तराष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यपालिका माथि न्यायपालिकाको हस्तक्षेप भएको बताएका हुन् ।

निजगढ विमानस्थल आयोजनाका लागि सरकारको ३ अर्ब रुपैयाँ खर्च भइसकेको अवस्थामा निर्माण रोक्ने फैसला उचित नभएको भनाई राखे । निजगढ विमानस्थन बने काठमान्डौको एअर ट्राफिकको चाप घटाउन सहयोग पुग्ने भन्दै काठमान्डौको चाप कम गर्न निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नेपर्ने बताए ।

आलेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै निजगढ अन्तराष्ट्रिय विमानस्थल परेको र बजेट पनि विनियोजन भइसकेको अवस्थामा सर्वोच्चको फैसला सच्चिनेमा विश्वास व्यक्त गरे । उनले भने, ‘मलाइ विश्वास छ सम्मानीय अदालतले यो निर्णयलाई सच्याउने छ । किनकी सरकारको यसमा समय र पैसा दुवै खर्च भैसकेको छ । निजगढको एअरपोर्टले यात्रुलाई थप सेवा सुविधा दिन्छ ।’

 

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ५ : १८ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी