स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमान्दार नभएको नेकपा एसको निष्कर्ष « Khabarhub

स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमान्दार नभएको नेकपा एसको निष्कर्ष


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमान्दार नभएको निष्कर्ष निकालेको छ ।

शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमान्दार नदेखिएको नेकपा एसको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ । नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत नदिएको निष्कर्ष पार्टीले निकालेको हो ।

स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारलाई सँगसँगै नहाइटाएको समीक्षा गरेको बैठकले तत्काल वामपन्थी एकताका बारेमा पनि छलफल गर्ने निर्णय गरेको छ । बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा गठबन्धन आबद्ध दलको सहयोग नभएको र यसले गठबन्धनलाई अगाडि बढाउन निर्मम समीक्षा गर्नुपर्ने देखिएको बताए । वामपन्थी एकताका बारेमा जनमत रहे पनि शीर्ष नेताहरू सहमत नहुँदा समस्या भएको उनको भनाइ छ ।

प्रदेशस्तरीय रिपोर्टिङका लागि नेतालाई जिम्मेवारी प्रदान

एकीकृत समजवादीले सङ्गठनको प्रदेशस्तरीय गतिविधिलाई रिपोर्टिङका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान गरेको छ । बैठकले प्रदेश नं १ का लागि उपाध्यक्ष जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा उपमहासचिव गङ्गालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष प्रमेश हमाल, लुम्बिनी प्रदेशमा उपमहासचिव डा विजय पौडेल, कर्णालीमा सचिव प्रकाश ज्वाला र सुदूरपश्चिममा डा बेदुराम भुसाललाई जिम्मेवारी दिएको केन्द्रीय प्रचार विभाग सदस्य लेखनाथ सिकारुले जानकारी दिए ।

बैठकले जिम्मेवारी प्राप्त गरेका नेताहरूले पाँच दिनभित्र प्रदेशस्तरीय गतिविधिको अध्ययन गरी केन्द्रलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ । पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा भएको बैठक समसामयिक राजनीतिक अवस्थाको समीक्षा र गहन कार्ययोजना प्रस्तुत गर्न भोलि आइतबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ८ : ४८ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले