भारतद्वारा श्रीलङ्कालाई स्वास्थ्य सामग्री हस्तान्तरण « Khabarhub

भारतद्वारा श्रीलङ्कालाई स्वास्थ्य सामग्री हस्तान्तरण


२१ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामग्री फेरि पठाइदिएको छ ।

‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् ।

आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई सहयोगस्वरूप ३ दशमलब ३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको भारतको भनाइ छ ।

कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलङ्काका प्रतिनिधिहरूलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेका र देश भित्र पनि अत्यधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो ।

श्रीलङ्काका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य बृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए ।

आर्थिक सङ्कटका कारण बहुआयामिक सङ्कटमा परेको श्रीलङ्कामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ ।

अत्यावश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलङ्कालाई उपलब्ध गराउदै आएका छन् । भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायतका धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो ।

यी सामग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता भारतले यसअघि नै गरेको थियो । “हाम्रो प्रतिबद्धता अर्को पनि पुरा भएको छ, हामीले श्रीलङ्कालाई अत्यावश्यक परेको स्वास्थ्य सागम्रीहरु उपलब्ध गराएका छौँ,” श्रीलङ्कास्थित भारतीय उच्च आयुक्तको कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १० : ३६ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व