जथाभाबी फोहोर गर्नेलाई कारबाही हुने « Khabarhub

जथाभाबी फोहोर गर्नेलाई कारबाही हुने


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले जथाभाबी फोहोर गर्नेलाई कारबाही गर्ने गरी कठोर नीतिको तयारी गरेको छ । नगरलाई सरसफाइ राख्नका लागि जथाभाबी फोहर गर्नेलाई जरिवाना गर्ने गरी नगरले तयारी गरेको हो ।

फोहर सही व्यवस्थापन नहुँदा तुलसीपुरको बजार क्षेत्र दुर्गन्धित बन्दै गएको अवस्थामा उपमहानगरले कठोर नीति ल्याउन लागेको हो । नगरले फोहर मैला जथाभाबी गर्नेलाई ५ सय देखि १० हजारसम्म जरिवाना गर्ने गरी नीति ल्याउन लागेको नगरका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वर्षात भण्डारीले जानकारी दिए ।

संयोजक भण्डारीले कुनै पनि नागरिकले आफूले गरेको फोहोर आफैले गर्ने प्रवृत्तिको विकास गर्न कठोर नीति ल्याउन लागेको बताए । उनले गल्ने र नगल्ने फोहरलाई छुट्याउने र आफ्नो घर–टोल आफैले सफा नगरे कारबाही गर्ने बताए ।

तुलसीपुर उपमहानगरलाई दिगो रूपमा सरसफाइ राख्न फोहोरको वर्गीकरण गरी फोहोर व्यवस्थापन गर्न पहिलो चरणमा सचेतनाको कार्यक्रम गरिने छ। सरसफाइ तथा फोहर मैला व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले नगरलाई सफा, सुन्दर र नमुनायोग्य सहरको रूपमा विकास गर्न फोहोर व्यवस्थापनको थुप्रै योजना बनाएको बताए । उनले फोहोरको प्रकार हेरेर कारबाही गर्ने र जरिवाना गरिने बताए । उपमहानगरको आर्थिक ऐनमा भएको प्रस्तावलाई आधार मानेर फोहर गर्नेलाई कारबाही गर्ने बताए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ११ बजे

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत