डेनमार्कको सपिङ मलमा गोली चल्दा तीन जनाको मृत्यु « Khabarhub

डेनमार्कको सपिङ मलमा गोली चल्दा तीन जनाको मृत्यु


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोपनहेगन – डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए।

संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ। गोलाबारीपछि घटनास्थलमा आमाबाबुले आफ्ना छोराछोरी बोकेर भवनबाट दौडिएका थिए । त्यस्तै, एम्बुलेन्सका कर्मचारीहरूले मानिसहरूलाई स्ट्रेचरमा लैजाँदै गरेका थिए ।

उक्त हमला अतिवादी गतिविधिसँग जोडिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ४० बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको