डेनमार्कको सपिङ मलमा गोली चल्दा तीन जनाको मृत्यु « Khabarhub

डेनमार्कको सपिङ मलमा गोली चल्दा तीन जनाको मृत्यु


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोपनहेगन – डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए।

संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ। गोलाबारीपछि घटनास्थलमा आमाबाबुले आफ्ना छोराछोरी बोकेर भवनबाट दौडिएका थिए । त्यस्तै, एम्बुलेन्सका कर्मचारीहरूले मानिसहरूलाई स्ट्रेचरमा लैजाँदै गरेका थिए ।

उक्त हमला अतिवादी गतिविधिसँग जोडिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ४० बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।