विम्बल्डन : जोकोभिच अन्तिम आठमा | Khabarhub Khabarhub

विम्बल्डन : जोकोभिच अन्तिम आठमा


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साबिक विजेता नोभाक जोकोभिच सातौँ विम्बल्डन जित्ने योजना साकार बनाउन क्वाटरफाइनल प्रवेश गरेका छन् । चौथो सेटमा डच खेलाडी टिम भान रिजथोभेनलाई ३-१ ले हराउँदै जोकोभिच अन्तिम आठमा प्रवेश गरेका हुन् ।

सेन्ट्रल कोर्टमा पहिलो सेट ६-२ ले जितेका जोकोभिचले दोस्रो सेट ४-६ ले गुमाएका थिए । तेस्रो र चौथो सेट भने क्रमश जोकोभिचले १०४औं वरियताका भानबिरुद्द ६-१ र ६-२ ले जिते ।

अब २० पटक ठूला उपाधि जितिसकेका ३५ वर्षिय जोकोभिचले सेमिफाइनल प्रवेशका लागि इटालीयम जानिक सिनेरको सामना गर्नेछन् ।

१०औँ वरियताका सिनेरले स्पेनिस खेलाडी कार्लोस अल्कारेजलाई ६-१ ६-४ ६-७(८-१०) ६-३ ले पराजित गरे ।

जोकोभिच १३औं पटक बिम्बल्डनको क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ४४ बजे

पहिराेले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन– सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा