एकीकृत समाजवादीको सचिवालय बैठक जारी « Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।

कान्तिपथस्थित यल्लो प्यागोडा होटेलमा जारी बैठकको मुख्य एजेन्डा बागमती प्रदेश सरकारको नेतृत्व छोड्ने कि नछोड्ने भन्नेमा केन्द्रीत छ।

नेपाली कांग्रेस बागमती प्रदेशले सहमति अनुसार मुख्यमन्त्री छोड्न नेकपा एसलाई दबाब बढाएपछि नेकपा एस छलफलमा जुटेको हो।

मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्तासाझेदार दल कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गरिसकेका छन् । तर एसले बागमतीको मुख्यमन्त्री छोड्नुपरे सुदूरपश्चिमको मुख्यमन्त्री चाहिने अडान लिएको छ।

बैठकमा वागमती छाड्दा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको सो पार्टीको दाबी छ ।

बागमतीको मुख्यमन्त्री सजिलै त्याग्ने पक्षमा समाजवादी छैन। मुख्यमन्त्री पाण्डेले पद जोगाउन एमालेसँग पनि संवाद अगाडि बढाएका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : ३३ बजे

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द– बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल