काठमाडौँ उपत्यकामा एक दिनमा २४ सयभन्दा बढी सवारी चालकमाथि कारबाही  « Khabarhub

काठमाडौँ उपत्यकामा एक दिनमा २४ सयभन्दा बढी सवारी चालकमाथि कारबाही 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४०३ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४९ जना, लेन उल्लंघन गर्ने १४१ जना, मदिरा पिएर सवारी साधन चलाउने १३३ जना, तिब्र गतिमा सवारी साधन चलाउने ८७ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ८२ जना सवारी चालक रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २६ जना चालक पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : ४१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको