बालेनलाई करिश्माको प्रश्न : स्ट्रिट फुड व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ ? « Khabarhub

बालेनलाई करिश्माको प्रश्न : स्ट्रिट फुड व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ ?


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धरले स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएकी हुन् ।

काठमाडौँको बालुवाटार सडक खण्डमा ठेलामा मकै पोलेर बेच्ने चेतेन्द्र आचार्यलाई महानगर प्रहरीले कुटपिट गर्दै ठेला खोसेर लगेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । यही विषयलाई लिएर काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । यो घटनाले देश नै दुई ध्रुवमा बाँडिएको छ ।

यही विषयमा करिश्माले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘म पनि काठमाडौँ रैथाने बासी हुँ । नबुझेको कुरा लेख्दै छु । महानगर सफा हुनुपर्छ सही हो ।हामीले आफ्ना करोडौँ पर्ने जग्गा, घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्‍यौँ सही हो । बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुँदैन त्यो पनि सही कुरो हो । गाउँ छाडेर हाम्रा सहरमा गरिखान किन आउँछन् मानिसहरू ? त्यसमा प्रश्न छ ।’

करिश्माले ग्रामीण सामाजिक अवस्थाबारे पनि चर्चा गरेकी छन् । ‘गाउँमा स्वास्थ्य छैन, शिक्षा छैन, बाटो छैन, सिँचाइ छैन । दैवी प्रकोपमा परेकाहरूको लागि गाँसबास, कपास छैन । उनीहरूले समयमा क्षतिपूर्ति पाउँदैनन् । त्यो समयसम्म उनीहरूका केटाकेटीले नपढ्ने ? क्षणिक भावनामा बगेर मायाले दुई दिन केही रकम दिएर तिनको उद्धार  हुँदैन । समस्याको दूरगामी समाधान कसले गर्ने ? ऊ आफैँले हो, ऊ आफैले गर्नुपर्ने अवस्था छ । त्यसैले उसले काम गर्नुपर्छ । यदि ऊ यो देशको नागरिक हो भने, मतदाता हो भने  यो देशको समग्र भूमिमा टेक्ने अधिकार उसलाई छ । ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ । जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन । तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाऊ र लागू गर भनेर मात्रै पठाएको होइन,’ उनले लेखेकी छन् ।

करिश्माले अहिले काठमाडौँमा देखिएको समस्या हरेक महानगरको समस्या हुने पनि बताएकी छन् । ‘हरेक लागू गरेका नियमहरूको परिणाम र दूरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो । यो काठमाडौँको मात्रै समस्या होइन, भविष्यमा हरेक महानगरको समस्या हुनेछ । स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ । मानिसहरूले पर्यटकहरूले यसको आनन्द उठाइरहेको देख्न सक्छौँ। व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ लाग्ने ? कि मकै पोलेर, चटपटे बनाएर तारे होटेलमा बेच्ने ?’ उनले प्रश्न गरेकी छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १ : ४३ बजे

सिंहदरबारमा सर्वदलीय बैठक जारी, पाँच पार्टीका प्रतिनिधि सहभागी, श्रम संस्कृति गएन 

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा

रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल: महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी

२१ औँ अन्नपूर्ण बुद्धिचाल प्रतियोगिता सम्पन्न

काठमाडौँ – २१ औँ अन्नपूर्ण चेस प्रतियोगिताको विभिन्न उमेर समूहमा

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई

हिमालयन सितार र बबिन ढुङ्गानाको साङ्गीतिक प्रस्तुति

काठमाडौँ – काठमाडौँको क्षेत्रपाटीमा एक विशेष शास्त्रीय साङ्गीतिक कार्यक्रम सम्पन्न