श्रीलंका क्रिकेट भ्रमणमा भारतको लगातार दोस्रो जित  « Khabarhub

श्रीलंका क्रिकेट भ्रमणमा भारतको लगातार दोस्रो जित 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलंका क्रिकेट भ्रमणमा रहेको महिला भारतीय टोलीले लगातार दोस्रो जित निकालेको छ । श्रीलंकाको पल्लेकेलेमा आज भएको दोस्रो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको हो ।

१ सय ७४ रनको लक्ष्य भारतले २५ ओभर ४ बलमा कुनै पनि विकेटको क्षतिबिना नै भेटायो । भारतका लागि स्मृति मंधनाले नटआउट ९४ रन र शफाली वर्माले नटआउट ७१ रन जोडिन् । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा १० विकेट गुमाएर १ सय ७३ रन बनायो । श्रीलंकाका लागि एमा कन्चनाले नटआउट ४७ रन र निलाक्षी डी सिल्भाले ३२ रन जोडिन् । घरेलु टोलीलाई सस्तैमा समेट्न भारतका रेनुका सिंहले ४ र मेघना सिंहले २ विकेट लिइन् । 

यस अघि भएको पहिलो एकदिवसीय सिरिजमा भारतले श्रीलंकालाई ४ विकेटले पराजित गरेको थियो । सिरिजअन्तर्गतको अन्तिम एक दिवसीय सिरिजमा भने भारत र श्रीलंका जुलाई ७ मा आमने सामने हुनेछन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : ५८ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला