चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न मिल्दैन : पेलोसी « Khabarhub

चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न मिल्दैन : पेलोसी


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताएकी छन् । बुधबार स्वशासित टापुको भ्रमण समाप्त गरेपछि पेलोसीले यस्तो धारणा व्यक्त गरेकी हुन् ।

‘दुःखको कुरा चिनियाँ कम्युनिष्ट पार्टीको आपत्तिका कारण हालै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी बैठकहरूमा ताइवान भाग लिनबाट बन्चित भएको छ’,  पेलोसीले विज्ञप्तिमा भनिन् ।

एसिया भ्रमणका क्रममा मंगलबार पेलोसी ताइवानको भ्रमण गरेकी थिइन् । चीनको विरोध र अन्तर्राष्ट्रिय चासोबीच उनले टापुको भ्रमण गरेकी थिइन् । उनको भ्रमणपछि चीनले ताइवानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ ।

भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस वन्र्सलाई बोलाएको थियो ।

चिनियाँ उप–विदेश मन्त्री झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको भन्दै अमेरिकाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी चेतावनी दिए।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ६ : ४४ बजे

महाकाली करिडोर : डेढ दशकमा छ किलोमिटर कालोपत्र

कञ्चनपुर– सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल-चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ

पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा