कतारमा ४७३ कम्पनीले गरे श्रम कानुनको उल्लङ्घन, २ हजार उजुरी दर्ता  « Khabarhub

कतारमा ४७३ कम्पनीले गरे श्रम कानुनको उल्लङ्घन, २ हजार उजुरी दर्ता 



दोहा – कतारमा ४७३ कम्पनीहरुले श्रम कानुन उल्लङ्घन गरेको पाइएको छ । कतारको श्रम मन्त्रालयको श्रम निरीक्षण विभागद्वारा सञ्चालित सघन निरीक्षण अभियानमा सन् २०२२ जुलाईमा ४७३ वटा श्रम कानुन उल्लङ्घन पत्ता लागेको जनाएको छ ।

देशका विभिन्न क्षेत्रमा ३ हजार ६ सय ९३ निरीक्षण गर्दा ४७३ वटा कम्पनीहरुले कानुन उल्लङ्घन गरेको पाइएको मन्त्रालयले जनाएको छ । देशको श्रम बजारलाई नियमन गर्न सम्बन्धित प्रतिष्ठानहरूले कानुन र मन्त्रीस्तरीय निर्णयहरूको के कत्ति कम्पनीहरुले नियम पालना गरे/नगरेको अनुगमन गरिएको थियो ।

श्रम मन्त्रालयले जारी गरेको जुलाईको मासिक सांख्यिकीयमा देशको श्रम क्षेत्रको सबैभन्दा प्रमुख तथ्याङ्क र तथ्याङ्कहरू, साथै विभिन्न प्रतिष्ठानहरूको निरीक्षण भ्रमणका नतिजाहरू समावेश गरेको हो ।

श्रम सम्बन्ध विभागले सेवा सुविधा विरुद्ध कामदारहरूबाट २ हजार २३२ गुनासोहरू प्राप्त गरेको, जसमध्ये २११ समाधान गरिएको र ८२७ गुनासो श्रम विवाद समाधान समितिमा पठाइएको जनाएको छ । लगभग १ हजार १९४ गुनासो पनि समाधानको प्रक्रियामा रहेको जनाएको छ।

श्रम विवाद समाधान समिति र उनीहरुमा परेका ८२७ मुद्दाका सम्बन्धमा उनीहरुबाट जारी भएका ४ सय ६६ मुद्दाको फैसला भएको र बाँकी ३ सय १८ मुद्दा प्रक्रियामा रहेका मन्त्रालयलाई उद्धृत गर्दै कतार न्युज एजेन्सीले जनाएको छ ।

३४ कामदार भर्ती कार्यालयहरूको निरीक्षण गर्दा मन्त्रालयले ७ कार्यालयहरूलाई अलर्ट पठाइएको जनाएको छ । यस अवधिमा मन्त्रालयलाई करिब चार हजार ६ सय ९२ नयाँ भर्ना अनुरोध प्राप्त भएको देखाएको छ। जसमध्ये २ हजार ६ सय ८० स्वीकृत र २ हजार १२ अस्वीकृत भएको छ भने पेसा परिमार्जनका लागि जम्मा ३ हजार ४२२ निवेदन, २ हजार ६ सय ४१ निवेदन अनुमोदन र ७८१ अनुरोध आएको छ ।

मन्त्रालयका अनुसार जुलाई महिनामा श्रम स्वीकृतिका लागि निवेदनको सङ्ख्या ८२२ थियो जसमा परमिट नवीकरणका लागि २८७, नयाँ अनुमतिका लागि ३७९ र जारी अनुमति खारेज गर्न १५६ निवेदन परेको जनाएको छ ।

कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् । कतारमा ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएको पाइन्छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ७ : ०० बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको