आयरल्यान्डमाथि दक्षिण अफ्रिकाको सहज जित « Khabarhub

आयरल्यान्डमाथि दक्षिण अफ्रिकाको सहज जित


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण अफ्रिकाले दुई टी २० शृंखलाको पहिलो खेलमा आयरल्यान्डलाई बुधबार राति २१ रनले पराजित गरेको छ ।

योसँगै शृंखलामा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ । २१२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनमा समेटियो ।

आयरल्यान्डका लोर्कन टकरले सर्वाधिक ७८ रन बनाए । जर्ज डोकरेलले ४३ रन जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २११ रनको योगफल बनायो ।

दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले सर्वाधिक ७४ रन बनाए । यस्तै, एडेन माक्ररमले ५६ रन जोडे ।

अब, दुई बीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ७ : २३ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,