साफ यु २० : नेपाली टिम आज स्वदेश फर्कने « Khabarhub

साफ यु २० : नेपाली टिम आज स्वदेश फर्कने


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यु २० साफ च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी युवा टोली आज (बिहीबार ) स्वदेश फर्कँदै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टिम अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो ।

प्रतियोगिताको उपाधि लागि बंगलादेश र साबिक विजेता भारत भिड्नेछन् । भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ ।

प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । यस्तै, भारतसँग ८-० ले हार्दा बङ्गलादेशसँग १-१ को बराबरी खेलेको थियो ।

प्रतियोगितामा शीर्ष स्थानको बंगलादेशको १० अंक, दोस्रो स्थानको भारतको ९ अंक र  तेस्रो स्थानको नेपालको ७ अंक रह्यो ।  यस्तै, माल्दिभ्स र श्रीलंका समान एक अंक रह्यो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ७ : ५५ बजे

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा