पेलोसीको ताइवान भ्रमणबारे झलनाथ खनालले भने- ‘एक चीन नीतिविपरीत’ « Khabarhub

पेलोसीको ताइवान भ्रमणबारे झलनाथ खनालले भने- ‘एक चीन नीतिविपरीत’


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण एक चीन नीतिविपरीत रहेको बताएका छन् ।

पेलोसीको ताइवान भ्रमण सकिएपछि खनालले विज्ञप्ती जारी गर्दै ताइवान चीनको अविभाज्य अंग भएकाले हस्तक्षेप गर्न नमिल्ने बताएका हुन्।

ताइवानलाई चीनको अविभाज्य अंगका रूपमा मान्यता दिएको भन्दै उनले ताइवानसँग सम्बन्धित सबै मुद्दाहरू चीनको आन्तरिक मामिला रहेको बताएका छन्। ‘चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्दै सबै देशहरूले ताइवानलाई चीनको अविभाज्य अंगका रूपमा मान्यता दिएका छन्। यस्तो अवस्थामा न्यान्सी पेलोसीको भ्रमण एक चीन सिद्धान्तविपरीत हो। त्यसैले, यसले ताइवान स्ट्रेट वरपर तनाव सिर्जना गरेको छ। ’ खनालले विज्ञप्तीमा लेखेका छन्।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले ताइवान क्षेत्र र सम्पूर्ण एसिया क्षेत्रमा शान्ति खलल पार्ने कुनै पनि गतिविधिको आफ्नो पार्टीले विरोध गर्ने पनि बताएका छन्। ‘ताइवानको सवालमा चीनले लिएको वैधानिक र शान्तिपूर्ण अडानलाई हामी समर्थन गर्छौं। कुनै पनि देशलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार छैन्।’

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ८ : २० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन