चीनले थाल्यो ताइवान वरपर सैन्य अभ्यास, स्थिति नियन्त्रण बाहिर जान सक्छ : अमेरिका  « Khabarhub

चीनले थाल्यो ताइवान वरपर सैन्य अभ्यास, स्थिति नियन्त्रण बाहिर जान सक्छ : अमेरिका 


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा सैन्य अभ्यास थालेको छ।

ताइवानको छोटो र विवादास्पद भ्रमणपछि चीनले प्रतिक्रिया स्वरूप पाँच दिनको ‘आवश्यक र उचित’ सैन्य अभ्यासको घोषणा गरेको छ ।

ताइवानले २७ चिनियाँ युद्धक विमानहरू पहिले नै आफ्नो वायु रक्षा क्षेत्रमा प्रवेश गरिसकेको जनाएको छ । अज्ञात विमान, सम्भवतः ड्रोन, बाहिरी किनमेन टापुहरूमा उडेको ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको थियो।

अमेरिकाले सभामुख पेलोसीको भ्रमण लगत्तै भएको चीनको सैन्य अभ्यासलाई गैरजिम्मेवारपूर्ण भनेको छ । स्थिति नियन्त्रण बाहिर जाने खतरा रहेको पनि उसले चेतावनी दिएको छ।

‘हामी विश्वास गर्छौं कि चीनले जे गरिरहेको छ, त्यो जिम्मेवार छैन’, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रिय सार्वजनिक रेडियोसँगको एक अन्तर्वार्तामा भनेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ९ : ५७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले