गौशाला नगरपालिकाका प्रमुखमाथि नै १२ करोड बेरुजु  « Khabarhub

गौशाला नगरपालिकाका प्रमुखमाथि नै १२ करोड बेरुजु 


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उनी माथि सो बेरुजु देखिएको हो । 

आर्थिक वर्ष २०७६/७७ को प्रारम्भदेखि उनी सो नगरपालिकामा कार्यरत छन् ।  २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हालेका थिए । थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव २०७७/७८ सम्म १२ करोड बेरुजु नाघेको हो ।

उनीमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने छ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने दुई करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने ७७ लाख ९० हजार र पेश्की दुई करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै छ करोड ८८ लाख ४७ हजार देखिएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आव २०७८/७९ मा बेरुजु रकम अझै बढ्ने बताइएको छ ।

कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७७/७८ सम्ममा नगरपालिकाको गत वर्ष ९२०७६/७७० को ४३ करोड तीन लाख ६१ हजार कुल बेरुजु बाँकी देखिएको थियो ।

पछिल्लो आव २०७७/७८ को समायोजन र संपरीक्षणबाट फछ्र्यौट एवं  वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु ४८ करोड ६६ लाख ९९ हजार देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  १ : ३२ बजे

आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपसी मतभिन्नता र

सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका ११ फिल्मको व्यापार विजोग

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनवरी १

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका