निर्वाचनको मिति घोषणा स्वाभाविक : अध्यक्ष ओली  « Khabarhub

निर्वाचनको मिति घोषणा स्वाभाविक : अध्यक्ष ओली 


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् ।

बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग अन्तरक्रियामा उनले निर्वाचनको मिति घोषणाप्रति टिप्पणी गर्दै सो अभिव्यक्ति दिएका हुन् ।

‘निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौँ,’ ओलीले भने ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको थियो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो ।

नेपालको संविधान २०७२ जारी भएपछि २०७४ मा पहिलो आमनिर्वाचन भएको थियो । आगामी मंसिरमा हुन लागेको यो दोस्रो आमनिर्वाचन हो । सरकारको यो निर्णयपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोग निर्वाचनको तयारीमा जुटिसकेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  २ : ५४ बजे

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु