निर्वाचनको मिति घोषणा स्वाभाविक : अध्यक्ष ओली  | Khabarhub Khabarhub

निर्वाचनको मिति घोषणा स्वाभाविक : अध्यक्ष ओली 


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् ।

बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग अन्तरक्रियामा उनले निर्वाचनको मिति घोषणाप्रति टिप्पणी गर्दै सो अभिव्यक्ति दिएका हुन् ।

‘निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौँ,’ ओलीले भने ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको थियो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो ।

नेपालको संविधान २०७२ जारी भएपछि २०७४ मा पहिलो आमनिर्वाचन भएको थियो । आगामी मंसिरमा हुन लागेको यो दोस्रो आमनिर्वाचन हो । सरकारको यो निर्णयपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोग निर्वाचनको तयारीमा जुटिसकेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  २ : ५४ बजे

जलवायु परिवर्तनको विषयमा अन्तर्राष्ट्रिय अदालतको ऐतिहासिक निर्णय

काठमाडौं – जलवायु परिवर्तनको विषयमा संयुक्त राष्ट्र सङ्घीय अदालतले महत्त्वपूर्ण

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ ।

गाजामा भोकभोकै मर्नथाले सर्वसाधारण : राहतका लागि संयुक्त दबाब

काठमाडौं – सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन ८ गते बिहीबार। साउन