एमालेको नेतृत्वमा सरकार बन्छ : विष्णु पौडेल « Khabarhub

एमालेको नेतृत्वमा सरकार बन्छ : विष्णु पौडेल


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । 

बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरीय प्रशिक्षण भेलामा बोल्दै पौडेलले आगामी निर्वाचनमा देशभरी एमालेले चुनाव जित्ने र ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् । एमाले सबैभन्दा बलियो राष्ट्रिय शक्ति भएका कारण सबै दल मिलेर गठबन्धन बनाएको उनको भनाई छ । पौडेलले एमालेभित्रको अन्तरविरोधलाई हटाएर संगठनलाई बलियो बनाएर अघि बढ्नुपर्ने धारणा राखे ।

आगामी निर्वाचनमा राज्यशक्तिको दुरुपयोग हुन सक्ने भन्दै उनले जनताको शक्तिको अगाडि राज्यशक्तिको दुरुपयोग बलियो हुन नसक्ने तर्क गरे । मंसिर चार गर्ने निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा तीन महिनाको अवधिमा पार्टीको बिचारलाई जनतामाझ लानुपर्ने उनले बताए ।

उनले एमालेलाई संसद्को ठूलो पार्टी बनाउनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ४ : ३७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले