वरिष्ठ संगीतकार गजमेर सम्मानित « Khabarhub

वरिष्ठ संगीतकार गजमेर सम्मानित


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो । 

दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए ।  

सम्मान कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार डा. नवराज लम्सालले गजमेरले चार पुस्तासम्मलाई समेटेर सबै पुस्ताको मन मुटुमा बस्न सफल भएको बताए । 

सम्मान कार्यक्रममा संगीतकार गजमेरका गुराँस फुल्यो वनैभरि, मिर्मिरे साँझ सिमसिमे पानी, तिम्रो मनमा लुकेका कुरा, यो दुई थोपा आँशु, बस है आमा, किन बढ्दछ ढुकढुकीलगायतका गीतहरू गाइएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ४ : ४३ बजे

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई