भेलछडा–सिलगढी खानेपानी आयोजनामा हुँदै आएको अवरोध हट्यो « Khabarhub

भेलछडा–सिलगढी खानेपानी आयोजनामा हुँदै आएको अवरोध हट्यो


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने डोटीको भेलछडा, काडामाडौँ, गैरागाउँ तथा सिलगढी खानेपानी आयोजना निर्माणमा वर्षौँदेखि हुँदै आएको अवरोध खुला गरिदिएका छन् । उक्त आयोजना निर्माणका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले निकुञ्जमा समस्या हुने भ न्दै खानेपानी निर्माणकार्यमा विमति जनाउँदै आएको थियो ।

भेलछडाको पानी सिलगढी ल्याउन निकुञ्जले विमति जनाएपछि त्यहाँका नागरिक खानेपानी नपाउने भन्दै निरास भएका थिए । मन्त्री यादवले यही साउन १८ गते मन्त्रिस्तरीय निर्णयबाट स्थानीय उपभोक्तालाई सहजरूपमा खानेपानी उपलब्ध गराउन, खानेपानीको व्यावसायिक प्रयोजन नगर्ने शर्तमा हाल स्वीकृत गरेको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

साथै उनले डिपिआर संरचनामा थप गर्न नपाउने गरी विभागले तोकिदिएको उपयुक्त विधिअनुसार आयोजना सञ्चालन तथा मर्मत गर्ने निर्णय पनि  गरेका छन् । यसैगरी मन्त्री यादवले खप्तड राष्ट्रिय निकुञ्जको नियमावली, २०४४ को नियम ३४ बमोजिम उक्त खानेपानी आयोजनाको सहमति उपलब्ध गराउनुपर्ने निर्णय पनि गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ४ : ५८ बजे

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई