कर्मचारीले संघबाट आएको भन्दैमा ठूला कुरा नगरौँ : मुख्यमन्त्री शाही  « Khabarhub

कर्मचारीले संघबाट आएको भन्दैमा ठूला कुरा नगरौँ : मुख्यमन्त्री शाही 


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अधिकांश जिल्लाका प्रमुखहरू व्यक्तिगत काममा लागेका कारण कार्यालयमा नभएको जानकारी आएको बताएका छन् । २ साउनमा नयाँ योजनाको अख्तियारी पठाइसकेकोले योजना कार्यान्वयन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयले ताकेता गर्न निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले भने, ‘यसरी हाम्रो प्रदेशको काम कसरी हुन्छ ? अबको चार महिनाभित्र परिणाम निकाल्ने गरी काम गर्न मैले तपाईंहरूलाई भनेको छु, किन मेरो कुरा सुन्नुहुन्न ? राजनीतिक नेतृत्व र कर्मचारीको समन्वय र सहकार्यबाट नै प्रदेशको विकास हुने हो ? काम गर्नेलाई थोरै समय भए पनि धेरै काम गर्छ तर काम नगर्नेलाई जति समय भए पनि केही नगर्ने हुँदो रहेछ । ’ पैसा बुझाएर योजना पारेको भन्ने गुनासो समेत आफूसँग आएको मुख्यमन्त्री शाहीले बताए । यस्ता गलत कार्यतर्फ नलाग्न कर्मचारी र मन्त्रीहरूलाई  निर्देशन दिए ।

कर्णाली प्रदेश सरकारको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले कानूनभन्दा माथि कोही नभएकाले नहुने कामतर्फ नलाग्न चेतावनी दिए । सबैभन्दा बढी कर्मचारीले मन्त्री र सचिवको नाम बिक्री गरेर पैसा असुलेको सूचना मुख्यमन्त्री कार्यालयमा आएको र यस्ता धन्धातर्फ नलाग्न सचेत गराए ।

संघबाट आएको भन्दै ठूला कुरा नगर्न समेत कर्मचारीलाई सुझाव दिए । उनले मन्त्रालयहरूलाई बेरुजु रकम घटाउन समेत सुझाव दिए । कर्णालीका सबै जिल्ला हाम्रा हुन् भन्ने चेतनाको विकास गर्न समेत निर्देशन दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ५ : ५६ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने