‘शान्ति, समृद्धि र विकासमा दलहरूबीच  प्रतिष्पर्धा हुन्छ’  « Khabarhub

‘शान्ति, समृद्धि र विकासमा दलहरूबीच  प्रतिष्पर्धा हुन्छ’ 


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरूबीच प्रतिष्पर्धा हुने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आगामी निर्वाचनसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने पनि बताए ।  विश्वकर्माले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकता भएको उल्लेख गरे । कांग्रेसले स्थानीय तहको निर्वाचनमा ०७४ को भन्दा राम्रो नतिजा र परिणाम ल्याएको भएपनि आफू अझै सन्तुष्ट नभएको उनको भनाई छ । उनले प्रधानमन्त्री देउवाले कार्यव्यस्तताको कारण अमेरिकाको भ्रमण नगरेको स्पष्ट पारे ।

त्यस्तै एमालेका सचिव टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरूप्रति जनताको वितृष्णा रहेको भन्दै यसबारेमा समीक्षा हुनुपर्ने बताए ।  निर्वाचनमा कसले जित्छ भनेर अहिले अड्कलबाजी गर्ने बेला नभएको उनको टिप्पणी थियो । नेता रायमाझीले आफूहरूको लक्ष्य र कार्यदिशा भनेको नै समाजवादमा पुग्ने रहेको जिकिर गरे ।

नेता रायमाझीले अहिले राष्ट्रियतामाथि सबभन्दा ठूलो संकट आएको पनि टिप्पणी गरे । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरू आआफ्ना एजेण्डा लिएर जनताको बीचमा जानुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ६ : २० बजे

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई 

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय

हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने कार्यको जग बस्यो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक,

‘एचाइभी सङ्क्रमितलाई अझै समाजले  हेयको दृष्टिले हेर्दछन्’

टीकापुर– एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधि उपचार गर्दा