कञ्चनपुरमा एकै दिन ३९ मा कोरोनाको सङ्क्रमण « Khabarhub

कञ्चनपुरमा एकै दिन ३९ मा कोरोनाको सङ्क्रमण


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा आज एकै दिन ३९ जनामा कोरोनाको सङ्क्रमण देखा परेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डा चौकीमा ११, भीमदत्त नगरपालिका मा १४, बेलौरी नगरपालिकामा ११, शुक्लाफाँटामा तीन, पुनर्वासमा एक र कृष्णपुरमा दुईमा कोरोना सङ्क्रमण देखा परेको हो ।

चार सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ को नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। कोरोनाको सङ्क्रमण देखा परेका ३९ लाई होम आइसोलेसनमा पठाइएको छ । आज सातले कोरोना जितेर घर फर्किएका छन् भने अहिलेसम्म कोरोनालाई जित्नेको सङ्ख्या चार हजार पाँच सय ५८ पुगेको छ ।

जिल्लामा अहिलेसम्म एन्टिजेन परीक्षणबाट चार हजार सात सय ३२ र हेल्थ डेस्क गड्डा चौकी नाकामा एन्टिजेन परीक्षणबाट दुई हजार पाँच सय २८ मा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ रहेको छ भने अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई सय ११ रहेको छ ।

“कोरोनाको सङ्क्रमण बढ्न थालेपछि परीक्षणको दायरा बढाएका छौँ”, स्वास्थ्य कार्यालय प्रमुख सुनारले भने, “खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ । कोरोनाको सङ्क्रमण बढी फैलिएका क्षेत्रबाट आएका व्यक्तिलाई निगरानीमा गरिरहेका छौँ । होल्डिङ सेन्ट र आइसोलेसन सञ्चालनबारे अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन ।”

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ७ : ३७ बजे

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई