कञ्चनपुरमा एकै दिन ३९ मा कोरोनाको सङ्क्रमण « Khabarhub

कञ्चनपुरमा एकै दिन ३९ मा कोरोनाको सङ्क्रमण


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा आज एकै दिन ३९ जनामा कोरोनाको सङ्क्रमण देखा परेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डा चौकीमा ११, भीमदत्त नगरपालिका मा १४, बेलौरी नगरपालिकामा ११, शुक्लाफाँटामा तीन, पुनर्वासमा एक र कृष्णपुरमा दुईमा कोरोना सङ्क्रमण देखा परेको हो ।

चार सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ को नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। कोरोनाको सङ्क्रमण देखा परेका ३९ लाई होम आइसोलेसनमा पठाइएको छ । आज सातले कोरोना जितेर घर फर्किएका छन् भने अहिलेसम्म कोरोनालाई जित्नेको सङ्ख्या चार हजार पाँच सय ५८ पुगेको छ ।

जिल्लामा अहिलेसम्म एन्टिजेन परीक्षणबाट चार हजार सात सय ३२ र हेल्थ डेस्क गड्डा चौकी नाकामा एन्टिजेन परीक्षणबाट दुई हजार पाँच सय २८ मा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ रहेको छ भने अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई सय ११ रहेको छ ।

“कोरोनाको सङ्क्रमण बढ्न थालेपछि परीक्षणको दायरा बढाएका छौँ”, स्वास्थ्य कार्यालय प्रमुख सुनारले भने, “खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ । कोरोनाको सङ्क्रमण बढी फैलिएका क्षेत्रबाट आएका व्यक्तिलाई निगरानीमा गरिरहेका छौँ । होल्डिङ सेन्ट र आइसोलेसन सञ्चालनबारे अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन ।”

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ७ : ३७ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने