भक्तपुरमा जनैपूर्णिमा साउन २६ र गाईजात्रा २७ गते मनाइने « Khabarhub

भक्तपुरमा जनैपूर्णिमा साउन २६ र गाईजात्रा २७ गते मनाइने


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते र सापारु (गाईजात्रा) साउन २७ गते मनाइने भएको छ ।

यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले अन्योल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो ।

भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोहीअनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन रहेको छ ।

तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुजारी राजोपाध्याय एवं पुजारीहरु कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाइने गरिन्छ ।

सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निष्कर्षमा पुगेको जनाउँदै सोहीअनुसार गर्न सर्वसाधारणलाई आग्रह गर्दै सूचित गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ९ : ०६ बजे

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु

नेपालगन्ज– बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा